०६ असार २०८३, शनिबार

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीको छलफल

साउन २८, २०८१
काठमाडौं
उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच छलफल भएको छ ।

स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको आयोगले जनाएको छ ।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेका थिए ।

निर्वाचनको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्