०१ असार २०८३, सोमबार

संसद्‌अघि रास्वपा संसदीय दलको बैठक बस्दै

साउन २९, २०८१
काठमाडौं
संसद्‌अघि रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ ।​

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ । संसद् बैठकअघि रास्वपाको दलको बैठक बस्न लागेको हो । 

बिहान १०:३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । 

रास्वपाले संसदीय दलको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए । 'बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतीले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनेछ,' प्रवक्ता झाले भने, 'यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्नेछौं ।'

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्