
ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । आगलागी तीव्र गतिमा फैलिएको देखेर हजारौं नागरिकलाई घरबाट विस्थापितगरी सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार एथेन्सको हावा नराम्ररी प्रदूषित भएको छ । तापक्रम ह्वात्तै बढेको छ र आकाश कालो भएको छ ।
एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । यस क्षेत्रमा बालबालिका र सेनाका अस्पतालहरू खाली गराइएको छ।
आगो निभाउन ६७० दमकल परिचालन गरिएको समाचारमा उल्लेख छ । फ्रान्स र इटालीले आगो निभाउन विमान पठाएका छन् ।