
अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर)मा फर्किएका छन् ।
एक्स प्लेटफर्मका मालिक एलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिँदै उनी ट्वीटरमा फर्किएका हुन् । अन्तर्वार्ताका क्रममा ट्रम्पले मस्कलाई सबै रेकर्ड तोडेकोमा धन्यवाद दिएका छन् ।
एक्स र फेसबुकजस्ता धेरै सोशल मिडिया प्लेटफर्महरू प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशल शुरू गरेका थिए ।
जहाँ ट्रम्पका ७५ लाख फलोअर्स छन् । जबकि एक्समा उनलाई ८८ मिलियन मानिसहरूले पछ्याउँछन् ।