०५ असार २०८३, शुक्रबार

मतपत्र सम्बन्धी अदालतको आदेशपछि आयोग परामर्शमा

कात्तिक २०, २०७४
मतपत्र सम्बन्धी अदालतको आदेशपछि आयोग परामर्शमा
काठमाडौं १२ कात्तिक– मतपत्र छपाइ सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेशपछि निर्वाचन आयोग कानूनी परामर्शमा जुटेको छ । अदालतको लिखित आदेश अदालतमा पुगेपछि परामर्श शुरु गरिएको आयोगका एक अधिकारीले जानकारी दिए ।

सर्वोच्चले गएको बुधवार प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको छुट्टा छुट्टै मतपत्र छाप्ने बिषयमा के कति प्रगती भएको छ भन्नेवारे आयोगसंग जवाफ माग गरेको थियो । एउटै मतपत्रमा छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको आयोग सर्वोच्चको फैसला पछि कसरी अगाडी बढ्ने भन्ने छलफलमा जुटेको हो ।

यसअघि आयोगले शुक्रवारदेखि नै मतपत्र छपाइको काम शुरु गर्ने बताएको थियो । आयोगले पतपत्रको नमुना जनक शिक्षा सामग्री केन्द्रलाई दिएपनि मतपत्र छपाइ भने अझै शुरु हुन सकेको छैन् ।

सर्वोच्चले छुट्टा छुट्टै मतपत्र छपाइको प्रतगि तीन दिनभित्र जानकारी गराउन आयोगलाई भनेको थियो । मतपत्र छपाइ सम्बन्धमा भएको तयारीबारे आयोगले सर्वोच्चलाई लिखित जानकारी पठाउने तयारी गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले भने मंसिर १० र २१ का लागि निर्धारित निर्वाचन कार्यतालिका प्रभावित हुन नहुने बताउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्