०९ असार २०८३, मंगलबार

नाडा अटो शो : चार पाङ्ग्रेका २४ सहित १३० स्टल, ७५ हजारले अवलोकन गर्ने अपेक्षा

साउन ३०, २०८१
काठमाडौं
नाडा अटो शो : चार पाङ्ग्रेका २४ सहित १३० स्टल, ७५ हजारले अवलोकन गर्ने अपेक्षा

आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो–२०२४ हुने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यस वर्षको अटो शो गर्ने घोषणा गरेको हो । 

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शो–२०२४ पहिलेभन्दा भव्य र प्रभावशाली हुने जनाएको छ ।

यस वर्षको प्रदर्शनीमा चार–पाङ्ग्रेका २४ ब्रान्ड, दुई–पाङ्ग्रेका १९ ब्रान्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरू प्रदर्शनमा राखिनेछ ।

एसोसिएसनका अनुसार लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनीहरू रहनेछन् ।

त्यस्तै, नाडा अटो शो–२०२४ मा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् ।

जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको प्रकाशमा नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

यस वर्षको प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा दिनुका साथै अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई बढाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्नेछ ।

अवलोकन कर्ताहरूले नयाँ ब्रान्डहरू र नवीन प्रविधिहरूको व्यापक पहुँच पाउनेछन् । साथै वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरूको पनि लाभ उठाउन सक्नेछन् ।

प्रदर्शनीलाई चार–पाङ्ग्रे, दुई पाङ्ग्रे हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्नेछ ।

अटो शोमा आउने सबैले टिकटहरू खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सक्नेछन् । अग्रिम टिकट खरिद कर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यास ब्याक पाउन सक्नेछन् ।

यता अटो शो २०२४ का लागि मिडिया कवरेजलाई सहज बनाउन प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क छुटाइने छ ।

प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ । 

नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार अवलोकन कर्ताहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले लिएको छ ।

यसका साथै एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर दिइएको छ ।

जसलाई सिजी मोटर्स प्रालिले प्रयोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्