०५ साउन २०८३, मंगलबार

चारवटा रुसी सैन्य हवाई अखडामा युक्रेनको ड्रोन आक्रमण

साउन ३२, २०८१
काठमाडौं
चारवटा रुसी सैन्य हवाई अखडामा युक्रेनको ड्रोन आक्रमण

मस्को– पछिल्लो समय युक्रेनले रुसको कुस्रक क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा युक्रेनले चारवटा रुसी सैन्य हवाई अखडामा सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

युक्रेनी जनरल स्टाफले  टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रुसको भोरोनेज, कुस्रक र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । 
 
कुस्रकमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन् । 

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रुसको कुस्रक क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमान्डको कार्यालय स्थापना गरिने जेलेन्स्कीले बताएका छन् ।

यसैबीच, मस्कोबाट प्राप्त समाचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्रकमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रुपमा वर्णन गर्दै  युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् ।

रुसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्रक क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रुसले कुस्रक लगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । साथै मन्त्रालयले युक्रेनले कुस्रकमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ ।

युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रुसको नेसनल गार्डले कुस्रकको आणविक उर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्