१५ असार २०८३, सोमबार

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

साउन ३२, २०८१
लमजुङ
लमजुङका दुई लाख २८ हजार पशुलाई खोप
फाइल तस्वीर ।

लमजुङको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । 

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको हो ।

गाईवस्तु, २९ हजार ३८६, भैँसी ५७ हजार ७०६, बाख्रा एक लाख १७ हजार ३४१, भेडा १६ हजार ८७९ वटा, कुकुर चार हजार ४२१ र दुई हजारभन्दा बढी बङ्गुरलाई  खोप लगाइएको थियो ।  सबैभन्दा बढी बेँसीशहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायामा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार १३२, दूधपोखरीमा १५ हजार ४१६ पशुचौपायामा खोप लगाइएको छ । 

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार ९९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार ६२४, दोर्दी गाउँपालिकामा ३४ हजार ७२८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार ७५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार ७१९ चौपायामा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । –रासस 

salt training

कमेन्ट गर्नुहोस्