११ साउन २०८३, सोमबार

३७ वर्षीया पेतोङटार्न बनिन् थाइल्यान्डको नयाँ प्रधानमन्त्री

साउन ३२, २०८१
काठमाडौं
३७ वर्षीया पेतोङटार्न बनिन् थाइल्यान्डको नयाँ प्रधानमन्त्री

थाइल्याण्डको संसद्‌ले पेतोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्री चुनेको छ । ३७ वर्षीया पेतोङटार्नलाई थाइल्यान्डको संसद्‌ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । 

उनी थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्यान्डका पूर्वनेता थाक्सिन सिनावात्राकी छोरी हुन् ।

null

थाइल्याण्डको प्रधानमन्त्री सम्हाल्ने उनी देशको दोस्रो महिला पनि हुन् । आन्टी यिङलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन् ।

संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्