०४ असार २०८३, बिहीबार

आइएम एस मोटर्सले ल्यायो नयाँ स्याङ्योङ टिभोलि गाडी

कात्तिक २०, २०७४
आइएम एस मोटर्सले ल्यायो नयाँ स्याङ्योङ टिभोलि गाडी
काठमाडौं, १२ कार्तिक – स्याङ्योङ मोटरकोलागि नेपालको एक मात्र आधिकारिक विक्रेताआइएम एस मोटर्सले, हालै नयाँ स्याङ्योङ टिभोलि गाडी नेपालीबजारमा भित्र्याएको छ । यो गाडी नेपाली बजारमा दुई वटा विकल्पकासाथ प्रस्तुत गरिएको छ ।

अटोमेटिक गियर बक्स सुविधा भएको स्याङ्योङ टिभोलि गाडीको बजार मूल्य रु ६५,९९,००० रहेको छ भने म्यानुअल सेमिलोडेड गाडीको बजार मूल्य ५६,९९,००० तोकिएको छ ।

“स्याङ्योङ ६५ % बाइब्याकग्यारेन्टि एण्ड जिरो सर्भिस कस्ट अफर” अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ ।

प्रस्तुत गरिएको यो अफर अन्तर्गत इन्जिनआयल, कूलेन्ट,ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने छ ।

यसका अतिरिक्त प्रस्तुत योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम४०००० कि.मि सम्मको वारेन्टि पनि समावेश गरिएको छ ।

नयाँ स्याङ्योङ टिभोलि गाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक “बम्पर शो ग्रिल”, “रेडिएटर शो ग्रिल” सुधारिएको फगल्याम्प तथा गाडी भित्रको आकर्षक डिजाइन विद्यमान रहेका छन् । यसका अतिरिक्त स्पोर्ट युटिलिटि भेइकलमा दिउसो बत्ति बाल्नकोलागि एलइ डि डेरनिङ्गल्याम्प, फ्रन्ट फगल्याम्प, नवीनतम्एल इ डि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनिरहेका छन् ।

यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक ९ भ्द्यम् धष्तज ब्द्यक्०, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डेटाईम रनिङ्गल्याम्प९म्च्ी० जस्ता विशेषताहरुले स्पोर्ट युटिलिटि भेइकल नेपालको वर्तमान सडक अवस्थाअनुरुप सुरक्षितएवं उपयोगी रहेको छ ।

यसको कार्य क्षमताको कुरा गर्दा, यसमाभएको भ(ह्न्ष्ज्ञटण् इन्जिनले दुबै मोटरेवल बाटोमाहोस् या शहरी बाटो जहाँपनिआवाज, कम्पन र कडापनको महशुस नै हुनदिंदैन । कम्पनीलाई विश्वास छ कि, नेपालमा स्पोर्ट युटिलिटि भेइकल९क्ग्ख्०को विकल्पखोज्नुहुने ग्राहकहरुको लागि यो प्रमुख छनौटका रुपमा रहने छ ।

स्याङ्योङका वारेमाः
स्याङ्योङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटि भेइकल ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरु मध्येको चौथो हो । उत्कृष्ट स्टाइल तथा अद्वितीय कार्य क्षमताका साथ सन् १९५४ मा स्थापित कम्पनीले सम्भावनाहरुलाई आफ्नो गुणस्तरीय इन्जिनियरिङ्गका साथहासिलगर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्