१० असार २०८३, बुधबार

पहिरोले अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुल्यो

भदौ १, २०८१
काभ्रेपलाञ्चोक
पहिरोले अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुल्यो
फाइल फोटो

सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको  छ ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

प्रहरी चौकी पाँच खालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडक खण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्