१५ असार २०८३, सोमबार
प्राकृतिक विपत्ति

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि [तस्वीर/भिडियो]

भदौ १, २०८१
काठमाडौं
हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि [तस्वीर/भिडियो]

सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । 

null

खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ । 

थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको गाउँपालिकाले जनाएको हो । 

null

शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो ।

पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत् निरीक्षण गरेको भिडिओ सार्वजनिक गर्दै हिमताल फुटेका कारण बाढी आएको जनाएको छ । 

null

यस्तै, गाउँभन्दा माथि रहेका पाँच वटा तालमध्ये दुई वटा ताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । 

null

गाउँपालिकाले राखेको भिडियो

salt training

कमेन्ट गर्नुहोस्