०८ साउन २०८३, शुक्रबार

कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाऊँ भाले भन्ने बुझेका छन् : प्रचण्ड

भदौ १, २०८१
काठमाडौं
कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाऊँ भाले भन्ने बुझेका छन् : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।

शनिबार  पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

'पार्टी सरकारमा हुँदा सुशासन , सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोड दिन खोजिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,' उनले भने ।

अध्यक्ष प्रचण्डले भने, 'संसद्‌मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्‍यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाऊँ भाले भयो । जनताले पनि त्यही ढंगले बुझेका छन् ।'

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताए । उनले भने– 'पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो । कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो।'

स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफूले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताए।

salt training

कमेन्ट गर्नुहोस्