०५ साउन २०८३, मंगलबार

१४ खर्ब ४५ अर्ब पुग्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजारभन्दा बढी

भदौ २, २०८१
काठमाडौं
१४ खर्ब ४५ अर्ब पुग्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजारभन्दा बढी

आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह अर्थात् रेमिटेन्स १४ खर्ब ४५ अर्ब पुगेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को असार महिनासम्म देशको रेमिटेन्स १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

कमेन्ट गर्नुहोस्