१५ असार २०८३, सोमबार

करेन्ट लागेर एक जनाको मृत्यु

भदौ २, २०८१
बुटवल
करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​

मृत्यु हुनेमा बाँकेको राप्ती सेनारी गाउँपालिका- ५ घर भएका २३ वर्षीय माने सार्की​ छन् । 

उनी सियारी गाउँपालिका-७ अमुवास्थित एमबीजी कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्