
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच सोमबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा साँझ मोदी र राणाबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि राणाले मोदीसँग नेपाल- भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो भारत भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको राणाले बताइन् ।
सोमबार नै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी आइतबार भारत भ्रमणमा गएकी हुन् ।