
बुटवलमा तीनवटा सवारी साधनमा ठोक्किँदा एक युवतीको ज्यान गएको छ । गएराति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटरमा ठोक्किएर ती युवतीको ज्यान गएको हो ।
बुटवल-१२ शान्तीचोकमा भएको दुर्घटनामा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षीया शुष्मा श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए ।
उनका अनुसार मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको लु ८७ प ४५७३ नम्बरको स्कुटरमा ठोक्किएकी युवतीलाई नम्मर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् ।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपमुनि पुगेकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।