
पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा भएको छ । भरतपुरको देवघाट,शक्तिखोर,कालीखोला, सखर र आसपासमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सो क्षेत्रमा थप वर्षा हुन् सम्भावना छ ।
लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्रान बहाव र पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडकखण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।