
अमेरिकी राष्ट्रपति जो बाइडेन बिदाइ भाषणमा भावुक बनेका छन् । बिदाइ भाषणका क्रममा उनले पहिले आफ्नी छोरीनलाई अँगालो हालेका थिए ।
सम्बोधनका क्रममा उनी भावुक बनेका थिए ।
बीबीसीका अनुसार सम्बोधनका क्रममा उनले उपराष्ट्रपति कमला ह्यारिसको तारिफ गरेका थिए । उनले ह्यारिस टिमलाई जिताउन अपिल गरेका थिए ।
बाइडेनले भीडर्फ देखाउँदै सोधेका थिए, 'के तपाईं कमला ह्यारिस र टिम वाल्जलाई चयन गर्न तयार हुनुहुन्छ ?'
बाइडेनले राष्ट्रपतिका उम्मेदवार डनाल्ड ट्रम्पतर्फ इङ्गित गर्दै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । भाषणको क्रममा बाइडेनले ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरे ।
बाइडेनले आफूहरू लोकतन्त्रको रक्षा गर्न र अमेरिकाको आत्माको लागि लडाइँमा संलग्न रहेको बताए ।
बाइडेनले आफ्नो भाषणमा आफ्ना उपलब्धिहरूबारे पनि उल्लेख गरेका थिए । उनले कमला ह्यारिससँग मिलेर यो काम गरेको बताए ।