२५ जेठ २०८३, सोमबार

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

भदौ ४, २०८१
चितवन
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ ।

मशिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्