१० असार २०८३, बुधबार

पहिरोले पुरिएर एक जनाको मृत्यु

भदौ ४, २०८१
बुटवल
पहिरोले पुरिएर एक जनाको मृत्यु

अर्घाखाँचीमा मंगलबार पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर– १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षिया विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशु चौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो ।

घटनास्थलमा अहिले उद्धार तथा व्यवस्थापनको काम चलिरहेको वडाअध्यक्ष दुर्गाबहादुर बीसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्