०९ असार २०८३, मंगलबार

मोहन लम्साललाई हराउँदै टानको अध्यक्षमा दाहाल विजयी

कात्तिक २०, २०७४
मोहन लम्साललाई हराउँदै टानको अध्यक्षमा दाहाल विजयी
काठमाडौँ, १३ कात्तिक - लोकतान्त्रिक समूहका मोहन लम्साललाई हराउँदै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् ।adhikari

टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लम्सालले ३१३ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरे ।

टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने प्रतिक्रिया दिए ।

salt training

कमेन्ट गर्नुहोस्