
कैलालीका अधिकांश स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी बारामा पनि भारी वर्षा भएको छ । बाराको कोल्हबी मापन केन्द्रमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने स-साना खोलाहरूमा बहाव केही बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।