३१ जेठ २०८३, आइतबार

कर्मचारी मिलन केन्द्रले गर्‍यो बेगनास तालको सरसफाइ

भदौ ५, २०८१
पाेखरा
कर्मचारी मिलन केन्द्रले गर्‍यो बेगनास तालको सरसफाइ

पोखरामा कर्मचारी मिलन केन्द्रले शुरू गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनास तालको सरसफाइ गरेर सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताए ।

यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरूक हुने उनको विश्वास छ । 

आजको सरसफाइ बेगनास ताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो ।

सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अगुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्