२४ जेठ २०८३, आइतबार

विवाह गर्न अस्वीकार गरेपछि प्रेमिकाले काटिदिइन् प्रेमीको गोप्य अङ्ग

भदौ ५, २०८१
काठमाडौं
विवाह गर्न अस्वीकार गरेपछि प्रेमिकाले काटिदिइन् प्रेमीको गोप्य अङ्ग

विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग ( गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घटना भारतको महाराष्ट्रको हो । 

घटनापछि प्रेमी रगतले लत्पतिएको अवस्थामा अस्पताल पुगेका थिए । उनको उपचार भइरहेको छ ।

२६ वर्षीया आरोपी महिला पद्मा नगर क्षेत्रमा बस्छिन् । उनका प्रेमी ३१ वर्षका हुन् । 

प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार यसअघि पनि विवाहलाई लिएर दुवैबीच विवाद भएको थियो । युवतीले प्रेमीलाई विवाह गर्न दबाब दिँदै आएकी थिइन् तर उनले अस्वीकार गर्दै आएका थिए । 

पीडितको उजुरीका आधारमा प्रहरीले ती युवतीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्