२८ जेठ २०८३, बिहीबार

माओवादीको प्रदेश परामर्श बैठक, यस्तो छ तालिका

भदौ ५, २०८१
काठमाडौं
माओवादीको प्रदेश परामर्श बैठक, यस्तो छ तालिका
फाइल फोटो

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठक बस्नु अगाडि प्रदेश परामर्श बैठक शुरू भएको छ ।

स्थायी कमिटी बैठकको निर्णयअनुसार बुधबार बागमतीबाट परामर्श कमिटीको बैठक शुरू भएको हो । बागमतीकै बैठक बिहीबारसम्म चल्नेछ ।

सरकारबाट बाहिरिएको माओवादीले संगठनात्मक गतिविधि अगाडि बढाउने तयारी गरेको छ ।​

प्रदेशको परामर्श समिति बैठक बस्ने र केन्द्रीय कमिटीबाट थप कार्यक्रम घोषणा गर्ने तयारी माओवादीको छ ।

गत बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।

परामर्श समितिको बैठकमा प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सिनियर नेता सहभागी हुन्छन् ।

यस्तो छ प्रदेश परामर्श बैठकको तालिका​

• बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते ।

• उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते ।

* गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।

•सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते ।

* कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।

• लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।

* तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।

• मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते ।

• पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।

• ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भदौ २७ र २८ गते । 

• प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ असोज १ गते ।

• जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

salt training

कमेन्ट गर्नुहोस्