०७ असार २०८३, आइतबार

काठमाडौंमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय

भदौ ५, २०८१
काठमाडौं
काठमाडौंमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असोज १ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले असोज १ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यसपछि विधानको धारा ९५ (३) अनुसार केन्द्रीय परिषद गठन गर्ने पनि रास्वपाको निर्णय छ ।

त्यस्तै बैठकले आगामी भदौ १५ गते कर्णालीमा विशेष कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्