१७ असार २०८३, बुधबार

लोकसेवा आयोगका अध्यक्ष भन्छन्, छवि अझै उच्च बनाउँछौं

कात्तिक २०, २०७४
लोकसेवा आयोगका अध्यक्ष भन्छन्, छवि अझै उच्च बनाउँछौं

भद्रपुर, १३ कात्तिक– लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताएका छन् ।

आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षमता एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेको बताए ।

लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्