२४ जेठ २०८३, आइतबार

इन्जिनियर्स एशोसिएसनको निर्वाचनविरुद्ध उजुरी, सीडीओ कार्यालयले माग्यो कागजात

भदौ ५, २०८१
काठमाडौं
इन्जिनियर्स एशोसिएसनको निर्वाचनविरुद्ध उजुरी, सीडीओ कार्यालयले माग्यो कागजात

भदौ २८ गते हुने ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि तोकिएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन विवादित बनेको छ । 

एशोसिएसनले गर्न लागेको निर्वाचनविरुद्ध २ वटा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छानबिनका लागि कागजात माग गरेको हो । 

null

इन्जिनियरद्वय अन्तिमप्रसिद्ध धितालसमेत थप २ जना र अर्का इन्जिनियर मनीष सडौलाले उक्त निर्वाचन विधान र अन्य नियम–कानून विपरीत रहेको दाबी गर्दै सीडीओ कार्यालयमा उजुरी दिएका थिए । 

’संस्थाका गतिविधिहरू प्रचलित संस्था दर्ता ऐन, २०३४ तथा नियमावली, २०३४ को प्रावधानअनुरुप हुनुपर्ने व्यवस्था भएको छ । तर निर्वाचन भने त्यस बाहिरबाट हुन लागेकाले छानबिन होस् भन्ने हाम्रो माग हो,’ उनीहरूले दर्ता गराएको उजुरीमा भनिएको छ ।

उजुरीमा उम्मेदवारले नभई सिधै उनीहरू सम्बद्ध संस्थाले उम्मेद्वारी शुल्क तिरेको आरोप लगाइएको छ । 

हेर्नुहोस् उजुरीको अंश : 

null

सीडीओ कार्यालयले संस्थाको निर्वाचन स्वीकृति विधान तथा कार्यविधिको परिधिभित्र रहेर हुन लागेको हो-होइन भनेर प्रश्न गरेको छ । 

’विधान तथा कार्यविधिको परिधिभित्र रहेर निर्वाचन हुन लागेको पुष्टि हुने आवश्यक कागजातसहित ३ दिनभित्र यस कार्यालयमा उपस्थित भई पेश गर्नुहुन आदेशानुसार अनुरोध छ,’ सीडीओ कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्