०७ असार २०८३, आइतबार

बालेन उपस्थित कार्यक्रममा शीर्ष नेताको टाउको जोडेर ‘रावण अवतार’ प्रदर्शन

भदौ ५, २०८१
काठमाडौं
बालेन उपस्थित कार्यक्रममा शीर्ष नेताको टाउको जोडेर ‘रावण अवतार’ प्रदर्शन

गाई जात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रामा देशका शीर्ष नेतालाई रावणको रूपमा चित्रण गर्ने गरी प्रदर्शनी गरिएको छ । 

बुधबार काठमाडौंको बौद्धमा आयोजित रोपाइँ जात्रामा दलका शीर्ष नेताको फोटो राखेर व्यंग्य गरिएको हो । 

कालो वस्त्र धारण गरेकी एक स्कूले विद्यार्थीले रावणको दशानन अवतारमा नेताको फोटो प्रदर्शन गरेकी हुन् । 

१० वटा टाउको भएकाले रावणलाई ‘दशानन’ भनिने धार्मिक ग्रन्थमा उल्लेख छ । 

null

१० टाउकोमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले सचिव योगेश भट्टराई, पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस महामन्त्री गगन थापाको फोटो राखिएको छ । 

यस्तै, परराष्ट्र मन्त्री आरजु देउवा, रास्वपा सभापति रवि लामिछाने, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो टाउकोका राखिएको छ । 

बौद्धमा आयोजित कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह प्रमुख अतिथि थिए । 

यसअघि मंगलबार भक्तपुरमा पनि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवालाई व्यंग्य गर्दै प्रदर्शन गरिएको थियो । 

कमेन्ट गर्नुहोस्