१० असार २०८३, बुधबार

भैंसी खान आएको बाघ उल्टै भैंसीको आक्रमणबाट मर्‍यो

भदौ ६, २०८१
काठमाडौं
भैंसी खान आएको बाघ उल्टै भैंसीको आक्रमणबाट मर्‍यो
फाइल तस्वीर

मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट एउटा बाघ मरेको छ । मनहरी गाउँपालिका-६ प्रतापपुरमा किसान बलबहादुर राईको गोठमा बिहीबार बिहान एउटा बाघ मृत भेटिएको प्रहरीले जनाएको छ । 

भैंसीलाई आक्रमण गर्न आएको बाघ उल्टै भैंसीको आक्रमणबाट मरेको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमणबाट गोठमा रहेको भैँसी पनि घाइते भएको छ । 

मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले लिएर गएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्