३१ जेठ २०८३, आइतबार

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

भदौ ६, २०८१
डोटी
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

४५ वर्षीया नरू साउँदको हत्या गरेको अभियोगमा पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्