
गण्डकी प्रदेशकी सांसद विमला गौचन मुस्ताङस्थित दामोदरकुण्डको अवलोकनका क्रममा बिरामी परेपछि उद्धार गर्न नेपाली सेनाले टोली खटाएको छ ।
सैनिक प्रवक्ता एवं सहायक रथी गौरबकुमार केसीका अनुसार गौचन बिहीवार बिरामी परेको सूचना आएपछि उद्धारका लागि सेनाको टोली पठाइएको हो ।
‘सांसद गौचनलाई पैदल नै रेस्क्यू गरेर ल्याउँदैछौं । पहिला मुस्ताङ ल्याएपछि उहाँको स्वास्थ्य अवस्थाअनुसार के गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।’
मुस्ताङ अवलोकन गर्न निस्किएकी सांसद गौचन भदौ २ गते दामोदरकुण्ड पुगेकी थिइन् ।
उद्धार गर्न हेलिकप्टरबाट सम्भव नभएपछि सेनाको टोली पैदलै दामोदरकुण्ड जाँदै गरेको जानकारी सहायक रथी केसीले दिए ।