२६ जेठ २०८३, मंगलबार
तनहुँमा बस दुर्घटना

कठिन भीरका कारण उद्धारमा कठिनाइ, घाइते र मृतकलाई तान्न 'बास्केट स्ट्रेचर' प्रयोग

भदौ ७, २०८१
काठमाडौं
कठिन भीरका कारण उद्धारमा कठिनाइ, घाइते र मृतकलाई तान्न 'बास्केट स्ट्रेचर' प्रयोग

तनहुँको आँबुखैरेनी नजिक भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा कठिनाइ भएको छ ।

ऐना पहरा भन्ने कठिन भीरबाट बस मर्स्याङ्दी नदीमा खसेकाले उद्धारका लागि  'टुइन रोप'को सहायताले 'बास्केट ट्रेचर' प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपा विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० गोताखोरसहित ४५ जना र मनकामना २३ नम्बर गण भानु तनहुँबाट ३५ जना खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बसमा ४० जना सवार रहेको जानकारी आएको बताए ।

‘बसमा ४० यात्रु सवार थिए भन्ने जानकारीमा आएको छ । उद्धार भइरहेको छ । म पनि त्यता जाँदैछु,’ शाहीले लोकान्तरसँग भने । 

बस सडकबाट तल खसेर मर्स्याङ्दी नदीमा पुगेको छ । भीरभरी घाइतेहरू अड्किएको देखिएका छन् ।

null

केहीको मृत्यु भएपनि मृतकको संख्या एकिन भइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्