११ असार २०८३, बिहीबार

लोकसेवाले अाफ्नो छवि उच्च राख्छ : अध्यक्ष मैनाली

कात्तिक २०, २०७४
लोकसेवाले अाफ्नो छवि उच्च राख्छ : अध्यक्ष मैनाली
भद्रपुर, १३ कात्तिक- लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताउनु भएको छ । 

आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । 

उहाँले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षम एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेका छन् भन्नुभयो । 

लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्