०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

करिब ५० प्रश्नमा रवि लामिछानेको इन्कारी बयान

आफूमाथि लागेका सबै आरोप गोर्खा मिडिया नेटवर्कका अध्यक्ष राईकै थाप्लो हालेर उम्कने प्रयास
भदौ ७, २०८१
काठमाडौं
करिब ५० प्रश्नमा रवि लामिछानेको इन्कारी बयान

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिमा बयान दिन पुगेका गोरखा नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफूमाथि लागेका आरोपको सबै दोषारोपण जीबी राईमाथि लगाएर उम्कने प्रयास गरेका छन् ।

 समितिमा शुक्रबार बयान दिन पुगेका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफू गोरखा मिडियामा रहँदा आर्थिक हिसाबको पाटो राईले नै सम्हालेकाले यसबारे आफू जिम्मेवार नरहने बताएका हुन् । 

समितिले लामिछानेसँग करिब ५० वटा प्रश्न सोधेको बताइएको छ ।  सबैमा लामिछानेले इन्कारी बयान दिएका छन् । त्यसो त लामिछाने २०८० फागुन २३ मा उपप्रधान तथा गृहमन्त्री भएपछि नै सहकारीको रकम अपचलनमा उनको संलग्नताको मुद्दाले संसद्मा प्रवेश पाएको थियो । 

प्रहरी अनुसन्धानबाट जीबी राई र उनको समूहले सञ्चालन गरेका सहकारीहरूबाट अर्बभन्दा बढी रकम टिभीमा लगानी गरेको तथ्य खुलेको छ । लामिछाने राजनीतिमा आउनुअघि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका रुपमा १५ प्रतिशत शेयर लिएर प्रवेश गरेको तथ्य यसअघि नै बाहिरिइसकेको छ ।

शुक्रबारको समिति बैठकमा गोरखा मिडिया नेटवर्कमा गएको सहकारीको रकम, लामिछानेको नाममा भएको रकम डिपोजिट र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगको सम्बन्ध/सहकार्यका वरिपरि प्रश्नहरूको सूची बनाएको थियो । बैठकको बीचमा पत्रकारहरुसँग कुराकानी गर्दै समिति सभापति सूर्य थापाले लामिछानेको राईसँगको सम्बन्ध र आर्थिक कारोबारका विषयलाई लिएर प्रश्न सोधिएको प्रस्ट पारे । 

बयानका क्रममा लामिछानेले गलत नियतका साथ केही नगरेको र आर्थिक कारोबार सबै राईले नै हेरेकाले त्यसको उत्तरदायी राई स्वयं हुनुपर्ने जिकिर गरेका थिए । उनले आफू गोरखा मिडियामा हुँदा प्रशासनिक कार्यमा मात्रै व्यस्त हुने गरेको बयान समितिमा दिएका छन् ।

 समिति सचिवालयका एक कर्मचारीका अनुसार लामिछानेले आफ्नो व्यक्तिगत परिचय र भूमिकाबारेमा केही विषयमा स्वीकार गरे पनि सहकारीमा भएको लगानी र आफ्ना खातामा जम्मा भएको रकमबारे आफूलाई थाहै नदिई जम्मा गरेको बयान दिएका छन्। । लामिछानेले संस्थामा जम्मा भएको रकम कहाँबाट कति रकम कसरी जम्मा भयो भन्ने कुरा आफूलाई भन्दा राई लाई नै थाहा हुने र उसलाई पक्राउ गरेर बयान लिँदा थप प्रस्ट हुने जवाफ दिएका छन्। 

राई सँगै लामिछाने जोडिएको पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकमका विषयमा समेत उनले हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको दाबी समितिमा गरेका छन् । रविको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म विशुद्ध कर्मचारीको हिसाबले गोरखा मिडियामा छिरेको हुँ, त्यहाँ कसले कति रकम जम्मा गरे, कहाँबाट पैसा आयो, त्यो सबै राईलाई थाहा छ , मलाई प्रशासनिक जिम्मेवारी भन्दा बाहिरको बारेमा थाहा छैन ।'

 समितिको छलफलमा सहभागी सांसदहरुले समेत सहकारीहरूबाट रकम प्रवाह   एको विवरणबारे लामिछानेलाई प्रश्न राखेका थिए । जवाफमा लामिछानेले आफ्नो कागजात नमिल्ने दाबी गरेका थिए । 

सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसद्मा प्रश्न उठेपछि गत जेठ १५ गते प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन भएको थियो । 

एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।

salt training

कमेन्ट गर्नुहोस्