३० जेठ २०८३, शनिबार

सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते

भदौ ८, २०८१
कैलाली
सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते

कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उनको उपचार भइरहेको छ । 

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए । 

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्