१० असार २०८३, बुधबार

इरानले चेतावनी– हमास प्रमुखको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ

भदौ ९, २०८१
काठमाडौं
इरानले चेतावनी– हमास प्रमुखको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ
अब्बास अराग्ची ।

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने शनिवार बताएका छन् । 

उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । 

इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले जनाए ।

हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने, ‘इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ  र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।’

अउनले थपे, ‘ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।’

इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उहाँका अङ्गरक्षकसहितको मृत्यु भएको थियो ।

इरानले आक्रमणको लागि इजरायल जिम्मेवार रहेको ठहर गरेको छ भने इजरायलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्