०२ साउन २०८३, शनिबार

नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो चेतनामूलक भिडियो

भदौ ९, २०८१
काठमाडौं
नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो चेतनामूलक भिडियो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मर्मस्पर्शी एव जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।​​​

बीमितहरूले आफूले लिएका बीमालेखहरूको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ उक्त भिडियो बनेको छ ।

जस्तोसुकै परिस्थिति आए पनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि भिडियो बनाएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ 'किनकि जीवन अमूल्य' छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरूको घर दैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको छ ।

भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइ पर्नसक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ ।

मुख्य पात्रको भूमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको छ ।

काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बीमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न  समेत विशेष आग्रह गरेको छ ।

भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्