१२ साउन २०८३, मंगलबार

बाढीपहिरोलगायत विपद्‍मा परी २०३ को मृत्यु

भदौ ९, २०८१
काठमाडौं
बाढीपहिरोलगायत विपद्‍मा परी २०३ को मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भएको छ । 

बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनकानुसार बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् । 

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एक गरी जम्मा दुई सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।  “बाढीपहिरामा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ”, उनले भने । 
 
बाढीका कारण आज दिउँसोसम्म चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ घर, एक सय २३ गोठ, ५२ पुल, छ विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  यस्तै यस अवधिमा नौ सय २४ पशुचौपायाको मृत्यु भएको छ । साथै विपद्का घटनाबाट छ हजार ४४ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्