०९ असार २०८३, मंगलबार

६ अर्ब मात्र होइन, २२ अर्ब महसुल उठाइनु पर्छः ओली

भदौ ९, २०८१
काठमाडौं
६ अर्ब मात्र होइन, २२ अर्ब महसुल उठाइनु पर्छः ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै यसबारे स्पष्टीकरण दिएका छन् । 

आइतबार राति फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले ६ अर्ब मात्र होइन, २२ अर्ब महसुल उठाइनु पर्ने सरकारको धारणा राखेको बताए । 

‘सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो’, ओलीको भनाइ छ, ‘उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन।’

उनले ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्