११ साउन २०८३, सोमबार

साफ च्याम्पियनसिप : भारतलाई हराउँदै फाइनलमा पुग्यो बङ्गलादेश​​

भदौ १०, २०८१
काठमाडौं
साफ च्याम्पियनसिप : भारतलाई हराउँदै फाइनलमा पुग्यो बङ्गलादेश​​

डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।​

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो । 

आज खेलको निर्धारित ९०औं मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।

भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औं मिनेटमा बङ्गलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । 

त्यस्तै भारतले खेलको ७५औं मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन । 

साफ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र बंगलादेशवीच प्रतिस्पर्धा हुनेछ । यही भदौ १२ गते हुने फाइनल दशरथ रङ्गशालामा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्