१० असार २०८३, बुधबार

घाइते अवस्थामा भेटिएका स्नुकर हाउसका सञ्चालकको मृत्यु

भदौ १०, २०८१
काठमाडौं
घाइते अवस्थामा भेटिएका स्नुकर हाउसका सञ्चालकको मृत्यु

 काठमाडौँको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको आज मृत्यु भएको छ । 

जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक बान्तवाको मृत्यु भएको हो । 

अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए । उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्