
बुटवलको डेल्टा कम्प्लेक्समा नेपाली जुत्ताघर पुनः सञ्चालनमा आएको छ । असार ६ गते आगलागी भएपछि कम्प्लेक्स परिसरमै ४० वटा स्टलहरूमार्फत् पुनः सेवा शुरू भएको हो ।
सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले जुत्ताघरको उद्घाटन गरे ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पुनः जुत्ताघर सञ्चालनमा ल्याइएको नेपाली लुगाघर तथा जुत्ताघरका सञ्चालक प्रकाश भुसालले बताए ।
आगलागी भएर करोडौंको सामान नोक्सान भएको अवस्थामा पनि नेपालीहरूका महान् चाडपर्व तीज, दशैं, तिहारलाई लक्षितगरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोक्तालाई कम मूल्यमा स्वदेशी जुत्ताचप्पल बिक्री गर्ने उद्देश्यले नयाँ जुत्ताघर सञ्चालन भएको उनको भनाइ थियो ।
जुत्ताघरमा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्राण्डहरू उपलब्ध छन् । स्मार्ट शुज, क्रस रोड, रन शुज, एक्सन शुज, शिखर शुज, पवित्रा शुजलगायतका उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार बढी डिजाइन रहेको सञ्चालक भुसालले बताए ।
जुत्ताघरमा उपभोक्ताले १५ देखि ५० प्रतिशतसम्म छुटसहित कारखानाकै मूल्यमा जुत्ता पाउनेछन् । यसका साथै शुरूमा आउने २ हजार ग्राहकहरूलाई एकजोर मोजा एक रुपैयाँमा उपलब्ध गराउने भुसालले बताए ।