‘नाडा अटो–शो २०२४’ आजदेखि शुरू भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबार अर्थमन्त्री विष्णु पौडेलले अटो–शो २०२४ को उद्घाटन गरेका हुन् ।
देशकै ठूलो अटोमोबाइसहरू प्रदर्शनी हुने नाडा अटो–शो २०२४ मा टाटा मोटर्सको पन्च ईभीदेखि ओमोडा, जिकर एक्ससम्म देखिएका छन् ।
आजदेखि शुरू भएको नाडा अटो–शो २०२४ यही भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । ९५ प्रदर्शकहरूले १३० वटा स्टलहरूमा आफ्नो प्रदर्शन सोकेस गरिरहेका छन् ।
अटो–शोको पहिलो दिनमा टाटा मोर्टसले पन्च ईभीका तीन भेरियन्टहरु सार्वजनिक गरेको छ ।
टाटा मोर्टसको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदि ट्रेडिङले पन्च ईभी सार्वजनिक गरेको हो । पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँदेखि ३८ लाख ९९ हजार सम्म तोकेको छ ।
त्यस्तै, सिट्रोन सी ३ पनि अटो शोको आकर्षणको रुपमा देखिएको छ ।
सारडा ग्रुप्सको अर्को ओमोडा ई– ५ ईभी पनि अटो शोमा देखिएको छ । यसका साथै सारडा ग्रुपले जेको जे ६ पनि नाडा अटो शोमा ल्याएको छ ।
४०० किलोमिटरको रेन्ज दिने जेको जे ६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसै गरी जिकर एक्सका पनि दुई भेरियन्ट नाडा अटो शोमा देखिएका छन् ।
जिकर एक्सको नेपालका लागि विक्रेता पायोनियर मोटर्सकप्सले नाडा अटो शोमा उक्त गाडी लन्च गरेको हो ।
अहिले जिकर एक्सका दुई कलर भेरियन्टमा उपलब्ध छ ।


