०४ साउन २०८३, सोमबार

सुजुकी 'पर्वोत्सव’ २०८१  योजना, ईभीमा जस्तै नयाँ  स्वीफ्टमा ५ वर्षको शून्य रनिङ्ग खर्च

भदौ ११, २०८१
काठमाडौं
सुजुकी 'पर्वोत्सव’ २०८१  योजना, ईभीमा जस्तै नयाँ  स्वीफ्टमा ५ वर्षको शून्य रनिङ्ग खर्च

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस दशैं-तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  ।

यो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरू पाउन  सक्नेछन् ।

कम्पनीले नाडा अटो शो लक्षित गरी, शो कार्यक्रमभरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप  दुई  लाख  रुपैयाँसम्मको छुट प्रधान गर्नेछ  ।

यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ।  

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्वीफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्वीफ्ट ग्राहकहरूले रनिङ्ग  खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।  

योजनाको सारांश 

१ . शून्य रनिङ्ग खर्च : स्वीफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमयस पार्ट्स र इन्जिन आयल मा पनि केही खर्च गर्नु पर्ने छैन । कम्पनीको मापदण्डअनुसारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने

२ . फ्री अटो बीमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाउने 

३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालु प्रति  मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क  वारेन्टी  

४ . उच्च रिसेल भ्यालु : स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुने

यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्