०७ असार २०८३, आइतबार

एक सातायता प्याजको भाउ महँगियो

भदौ १२, २०८१
काठमाडौं
एक सातायता प्याजको भाउ महँगियो

 पछिल्लाे एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ । 

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपियाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपियाँ थोकमा कारोबार भएको थियो । खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपियाँमा कारोबार भएको छ । गोरखापत्रम खबर छ । 

कमेन्ट गर्नुहोस्