१० असार २०८३, बुधबार

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

भदौ १२, २०८१
काठमाडौं
अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

गोरखामा अरिङ्गालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

प्रहरीका अनुसार मंगलबार छिमेकीको घैया धान काट्न मेलामा गएको बेला कालो अरिङ्गालले टोकेको थियो । 

गम्भीर घाइते भएका कुँवरलाई स्थानीय स्वास्थ्यकर्मी घरमै उपचार थालिएको थियो । तर, उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्