१० असार २०८३, बुधबार

टान निर्वाचनः पाण्डे समूहद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

भदौ १३, २०८१
काठमाडौं
टान निर्वाचनः पाण्डे समूहद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । 

टानको यही भदौ १७ मा हुनलागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज उनले पत्रकार सम्मेलन गरी प्यानलसहित आफ्नो समूहले उम्मेदवारी दर्ता गरेको जानकारी दिएका हुन् । 

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेद्वारी दिएका छन् । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दिएका छन् । 

साथै कार्यसमिति सदस्यका लागि माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । 

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी पाण्डेले टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्