१५ असार २०८३, सोमबार

पाँचथरमा घर नजिकै अर्को विस्फोटक पदार्थ भेटियो

भदौ १४, २०८१
काठमाडौं
पाँचथरमा घर नजिकै अर्को विस्फोटक पदार्थ भेटियो
फाइल तस्वीर

पाँचथरका आइतराज केरुङको घर नजिकै अर्को पनि विस्फोटक पदार्थ फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले विस्फोटक पदार्थ फेला पारेको हो । 

भेटिएको विस्फोटक पदार्थ टोलीले डिस्पोज गर्ने तयारी थालेको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । भेटिएको वस्तु ग्रिनेड वा बम हुन सक्ने प्रहरीको अनुमान छ । 

बिहीबार दिउँसो ३ बजे विस्फोटक पदार्थ पकिँड्दा दुई बालबालिकाको ज्यान गएको छ । विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दिप्सन साँवा र प्रियंशा साँवाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका बालबालिका एकै घरका दाजुबिहिनी हुन् । 

बिहीबार केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका छन् । उनको घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ । घर नजिकै उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्